काठमाण्डौं : प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए ।
सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जारी राखेको थियो । बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजीसहित सदनमा अवरोध गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसद्हरुले प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन् । सभामुख सापकोटाले पदीय आचरणअनुरुप काम नगरेको, पक्षपातपूर्ण व्यवहार गर्दै पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको पनि एमालेको आरोप छ ।
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...