काठमाण्डौं : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार अभ्यास खेलमा ओमानसँग फराकिलो अन्तरले पराजय भोग्न परेको छ । नेपालले खेलमा २ गोल मात्र गर्दा ओमानले ७ गोल नेपाली पोस्टमा सफल प्रहार गरेको छ ।
पहिलो हाफमा कम अनुभवी खेलाडीलाई उतारेको ओमानले दोस्रो हाफमा भने अधिकांश पहिलो रोजाइका खेलाडीलाई खेलाएको थियो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले एक गोल गरे । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे । ओमान फिफा वरीयताको ९०औं स्थानमा रहेको बलियो टिम हो । खेल कतारको दोहामा भएको थियो ।
नेपाली टोली आज कतारबाटै माल्दिभ्स जानेछ । साफ अक्टोबर एक देखि १५ सम्म माल्दिभ्समा हुनेछ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...