काठमाडौं :प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ । आज (आइतबार) बसेको बैठकले उक्त अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो ।
शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ बेचबिखन भन्ने आइरहेको छ त्यो के हो र ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु ।’ त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई मणिपाल अस्पतालसंगको सम्झौतापत्र समेत मागेको छ । ‘मणिपालको कुरा कम्पनीमार्फत गराएको हो भने पनि सम्झौता के छ र ? पहिला हामी सम्झौता पढेर जाऔं । मन्त्रालयले हामीलाई सम्झौतापत्र उपलब्ध गराओस् । शिक्षा मन्त्रमालयलाई यो निर्देशन समिति दिन चाहन्छ’ समिति सभापति घर्तीले भनिन् ।
बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूले सम्झौतापत्र सरकारी अधिकारीहरुसंग माग गरेको तर, नपाएको बताएका थिए । तथापि, सम्झौता हुँदाका बेला कतिपय सन्दर्भम आफूसमेत संलग्न भएको उल्लेख गर्दै उनले मणिपाल बेचबिखन हुन नसक्ने बताए । सम्झौता हुँदा पहिलो पक्ष नेपाल सरकार र दोस्रो पक्ष मणिपाल कम्पनी लिमिटेड रहेको र दोस्रो पक्षले छोड्दा स्वतः पहिलो पक्षको हुनुपर्नेमा त्यसो नभएको र बेचबिखन भएको आएको उल्लेख गर्दै प्रश्न गरे ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...