काठमाडौं : नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको जवाफपछि पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिनु हुनेछ । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...