२०८२ मंसिर २४
December 10, 2025, Wednesday

थप १,४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

थप १,४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा अनुसार १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट छ भने १ हजार ५५० जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् । जसमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३४७ जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २५६, कास्कीमा ११७, ललितपुरमा ७३, सुनसरीमा ७२, मोरङमा ६२, चितवनमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP