२०८२ फाल्गुन १
February 13, 2026, Friday

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि

काठमाडौं : नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन अपानि को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक नेताले जानकारी दिए । तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् ।

त्यस्तै बैठक सुरु भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको बताएका थिए । त्यस्तै नेता भानुभक्त जोशीले पनि यसबारे प्रश्न गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । १० बुँदे सहमति सुदूरपश्चिममा लागू हुन सकेको छैन । उपाध्यक्ष रावलले आफू जेठ २ अघिको प्रदेश संयोजक रहेकाले सोही पदमा हुनुपर्ने बताएका छन् । तर, लेखराज भट्ट नेकपा एकता प्रक्रियाबाट आएकाले उनी इन्चार्ज छन् ।

२७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए ।

Related News

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन फागुन १, नवलपरासी नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट...

कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन
कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र...

TOP