२०८२ माघ ५
January 19, 2026, Monday

एमालेमा फेरि बल्झियो १० बुँदे विवाद:रावललगायत नेताहरुको यस्तो चेतावनी

एमालेमा फेरि बल्झियो १० बुँदे विवाद:रावललगायत नेताहरुको यस्तो चेतावनी

काठमाण्डौं : नेकपा एमालेभित्र फेरि विवाद चुलिएको छ । पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग नेकपा एमालेको संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको हो ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावललगायत नेताहरुले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि विवाद देखिएको हो। विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदन तथा दस्तावेजबारे एमालेमा छलफल चलिरहँदा अध्यक्ष केपी शर्मा ओली इतर समूहका नेताहरुले चेतावनी दिएका हुन् । उनीहरुले १० बुँदे सहमति अनुसार एमालेको कार्यविभाजन २ जेठ २०७५ मा जस्तो छ त्यस्तै हुनुपर्ने अडान राखेका छन् । तर, ओलीले जस्ताको तस्तै कार्यान्वयन नहुने बताउँदै आएका छन् ।

एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । विधान महाधिवेशनमा एमालेमा उमेरहद, पदाधिकारीलगायत कार्यकारिणीको निर्वाचन प्रक्रियालगायतको टुंगो लगाउन दस्तावेज तयार भइरहेको छ । १० बुँदे सहमितिअनुसार एमालेमै रहने निर्णय गर्नुभएका ११ जना स्थायी कमिटी सदस्य र उहाँहरू निकटका केन्द्रीय सदस्यले १० बुँदे हुबहु कार्यान्वयन नभए बैठकमा नबस्ने बताए पनि अध्यक्ष केपी ओलीले भने स्थायी कमिटी बैठक बसेर टुंगो लगाइने बताउनु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । तर असन्तुष्ट नेताहरूले भने दुईवटा प्रदेशमा देखिएको विवाद समाधान नभए संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP