काठमाडौँ : विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरू माथि छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । बैठक दुई दिन चल्नेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र संगठन विभागले विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नेछन् । गत आइतबार र सोमबार भएको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरूले सुझाव प्रस्तुत गरेका थिए । केन्द्रीय कमिटीबाट अनुमोदन गरिएको राजनीतिक प्रतिवेदन असोज १५ देखि १७ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गर्नेछन् । स्थायी कमिटीको बैठकमा आएका सुझाव समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने अध्यक्ष ओलीले बताएका थिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...