२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नेकपा एसको सचिवमा झाँक्री, महासचिवमा भुसाल

नेकपा एसको सचिवमा झाँक्री, महासचिवमा भुसाल

 

काठमाडौँ : एकीकृत समाजवादीले महासचिवसहित पदाधिकारीहरूको टुंगो लगाएको छ । नेकपा एकीकृत समावादी पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई सचिव बनाउने सहमति जुटेको हो ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् भने महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । त्यस्तै, वरिष्ठ नेतामा झलनाथ खनाल छन् । महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए । सचिवालय बैठकमा भुसाललाई नै महासचिव बनाउने सहमति जुटेको हो । महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वालालगायतका नेताहरूले दाबी गरेका थिए । भुसाल एमालेमा रहँदा माधव नेपाल निकट भएर काम गरेका थिए । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रियसभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिएसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ । अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ अध्यक्ष, १ वरिष्ठ नेता, ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव गरी १७ जना पदाधिकारीसहित ११५ जना पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । स्थायी कमिटी ३१ सदस्यीय हुने छ । यस्तै पार्टीको पोलिटव्यूरो पनि आजै गठन हुनेछ । बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन पनि तोक्ने छ ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP