काठमाडौँ : एकीकृत समाजवादीले महासचिवसहित पदाधिकारीहरूको टुंगो लगाएको छ । नेकपा एकीकृत समावादी पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई सचिव बनाउने सहमति जुटेको हो ।
उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् भने महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । त्यस्तै, वरिष्ठ नेतामा झलनाथ खनाल छन् । महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेललगायत नेताले पनि दाबी गरेका थिए । सचिवालय बैठकमा भुसाललाई नै महासचिव बनाउने सहमति जुटेको हो । महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वालालगायतका नेताहरूले दाबी गरेका थिए । भुसाल एमालेमा रहँदा माधव नेपाल निकट भएर काम गरेका थिए । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रियसभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।
रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिएसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ । अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ अध्यक्ष, १ वरिष्ठ नेता, ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव गरी १७ जना पदाधिकारीसहित ११५ जना पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । स्थायी कमिटी ३१ सदस्यीय हुने छ । यस्तै पार्टीको पोलिटव्यूरो पनि आजै गठन हुनेछ । बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन पनि तोक्ने छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...