२०८२ फाल्गुन २५
March 9, 2026, Monday

सरकारले गर्यो श्रमिकलाई कोरिया पठाउने तयारी

सरकारले गर्यो श्रमिकलाई कोरिया पठाउने तयारी

 

काठमाण्डौं : सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड एचआरडीले तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो ।

मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले बेहोर्नु पर्नेछ । दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनी छनोट गरेको छ । यी कम्पनीले कोरिया जाने श्रमिकको पाँच हजार अमेरिकी डलरसम्मको कोरोना बीमा गर्नुपर्नेछ ।कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको छ । कोरिया सरकारले राखेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली श्रमिक कोरिया पठाउने प्रक्रिया सुरु हुने ईपीएस शाखाले जनाएको छ ।

विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार श्रमिक रोकिएका छन् । नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्र्याक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रूपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

कोरोनाका कारण कोरिया जाने प्रक्रिया रोकिएपछि धेरै श्रमिकको श्रम सम्झौतालगायत प्रक्रियाको म्याद सकिएको छ । म्याद सकिएकाको श्रम सम्झौता तथा भिसा प्रक्रियामा रहेको म्याद स्वतः थपिने एचआरडीले जनाएको छ । कोरोनाका कारण दुई वर्षयता कोरियाको रोजगारी ठप्प छ । २०७६ फागुनदेखि नै ईपीएसमार्फत नेपाली श्रमिक कोरिया जान पाएका छैनन् ।

 

 

 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP