२०८२ कार्तिक २३
November 9, 2025, Sunday

नेकपा एसको महासचिवमा बेदुराम भुसाल

नेकपा एसको महासचिवमा बेदुराम भुसाल

काडमाण्डौं : एक महिना अघि मात्रै निर्वाचन आयोगबाट मान्यता पाएको नेकपा एकीकृत समाजवादीले केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिने भएको छ । नेकपा एकीकृत समाजवादीले बिहीबार महासचिवको टुंगो लगाउने भएको छ । मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो ।

अहिले स्थायी कमिटीमा अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी सदस्य रहनेछन् । पार्टीका सबै कमिटीहरू समावेशी चरित्र बनाउने र सबै पार्टी कमिटीमा युवालाई उचित स्थान दिने नेकपा एसको योजना छ । पार्टीको महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, डा। विजय पौडेल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, डा। गंगाधर तुलाधरको चर्चा हुदै आएतापनि नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

 

 

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP