२०८२ फाल्गुन १
February 13, 2026, Friday

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

 

काठमाण्डौं : बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी सङ्क्रमित भएको बताइएको छ ।

पछिल्लो २४ घन्टा यतामात्र करिब ३१ हजार ५६४ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेको बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले बताएका छन् । बेलायतमा केही दिनयताको यो सङ्क्रमितको संख्या धेरै हो । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार केही हप्तायता यहाँ ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिने क्रम जारी रहेको छ । उनीहरुकाअनुसार यहाँ आजसम्म यहाँका सङ्क्रमितहरुको संख्या ७४ लाख ९६ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ । गएको २४ घन्टामा मात्र यहाँ २०३ जनाको यही सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको बताइएको छ । यहाँ केही समय यतादेखि हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका छन् ।

Related News

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन फागुन १, नवलपरासी नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट...

कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन
कोशीमा निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको अनुगमन, सुरक्षा संयन्त्रलाई कडा निर्देशन
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र...

TOP