२०८२ कार्तिक २३
November 9, 2025, Sunday

‘मिसेस नेपाल वर्ल्ड’ काठमाण्डौंमा आयोजना हुँदै

‘मिसेस नेपाल वर्ल्ड’ काठमाण्डौंमा आयोजना हुँदै

 

काठमाण्डौं : रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ । सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्। यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम। एस। नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताको छनोट गर्नेछ। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ। यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम। एस। नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम। एस। इन्टरनेसनलमा सहभागिता जनाउने छन्।

विगतको वर्षहरूमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्दा बनाएको छ।

मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरूचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जित्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाएका छन्। मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा ‘मिसेस एशिया प्यासिफिक २०१८’ को ताज जित्न सफल भएकी थिईन्। कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत जनाएको छ।

 

 

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP