२०८२ फाल्गुन ४
February 16, 2026, Monday

‘मिसेस नेपाल वर्ल्ड’ काठमाण्डौंमा आयोजना हुँदै

‘मिसेस नेपाल वर्ल्ड’ काठमाण्डौंमा आयोजना हुँदै

 

काठमाण्डौं : रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ । सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्। यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम। एस। नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताको छनोट गर्नेछ। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ। यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम। एस। नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम। एस। इन्टरनेसनलमा सहभागिता जनाउने छन्।

विगतको वर्षहरूमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्दा बनाएको छ।

मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरूचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जित्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाएका छन्। मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा ‘मिसेस एशिया प्यासिफिक २०१८’ को ताज जित्न सफल भएकी थिईन्। कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत जनाएको छ।

 

 

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP