२०८२ फाल्गुन ४
February 16, 2026, Monday

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ गठबन्धनभित्रै असहमति बढ्यो

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ गठबन्धनभित्रै असहमति बढ्यो

 

काठमाडौं : मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्रै असहमति बढ्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना खेप्दै आइरहेका बेला जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो ।

सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूसँग संवाद भइरहेको भन्दै सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत यसअघि ५ असोजभित्रै सरकारले पूर्णता पाउने बताएका थिए । तर, जसपाका अध्यक्ष यादवले भने प्रधानमन्त्री देउवाको आसयको विपरीत प्रतिक्रिया दिए । उनले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारले पूर्णता नपाउने बताएका हुन् ।

सरकारले पूर्णता पाउन मन्त्रालयको भागबन्डा टुंगिनु पर्नेमा त्यो अहिलेसम्म हुन नसकेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नगरी सरकारले पूर्णता पाउँदैन, भन्दै जसपा पहिले अध्यादेश खारेजीको अडानमा रहँदै आएको छ । दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले त्यसको खारेजी पहिलो आवश्यकता भएको बताउदै आएका छन् ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन कांग्रेसबाट दुई र माओवादीबाट दुई जनामन्त्री नियुक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका थिए । हाल सरकार चार मन्त्री र एक राज्यमन्त्रीको भरमा चल्दै आएको छ ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP