काठमाडौं : मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्रै असहमति बढ्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना खेप्दै आइरहेका बेला जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो ।
सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूसँग संवाद भइरहेको भन्दै सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत यसअघि ५ असोजभित्रै सरकारले पूर्णता पाउने बताएका थिए । तर, जसपाका अध्यक्ष यादवले भने प्रधानमन्त्री देउवाको आसयको विपरीत प्रतिक्रिया दिए । उनले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारले पूर्णता नपाउने बताएका हुन् ।
सरकारले पूर्णता पाउन मन्त्रालयको भागबन्डा टुंगिनु पर्नेमा त्यो अहिलेसम्म हुन नसकेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नगरी सरकारले पूर्णता पाउँदैन, भन्दै जसपा पहिले अध्यादेश खारेजीको अडानमा रहँदै आएको छ । दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले त्यसको खारेजी पहिलो आवश्यकता भएको बताउदै आएका छन् ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन कांग्रेसबाट दुई र माओवादीबाट दुई जनामन्त्री नियुक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका थिए । हाल सरकार चार मन्त्री र एक राज्यमन्त्रीको भरमा चल्दै आएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...