काठमाडौं : दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोटहरु वितरण गरिएको छ । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था मिलाएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि चार अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।
वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । दशैका लागि ३५ अर्ब बराबरको नयाँ नोट साट्ने राष्ट्र बैंकको तयारी रहेको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...