२०८२ फाल्गुन २५
March 9, 2026, Monday

लाइसेन्सको नयाँ आवेदन खुल्दै

लाइसेन्सको नयाँ आवेदन खुल्दै

 

काठमाण्डौं : कोरोनाका कारण बन्द भएको लाइसेन्सको नयाँ आवेदन असोज दोस्रो सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन लिने जनाएको छ ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। असोज दोस्रो साताबाट नयाँ भर्न सकिने विभागले जनाएको छ। बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको विभागले जनाएको छ।

विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनुनपर्ने व्यवस्था कार्यविधिमा छ। लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP