काठमाडौँ : यही असोज ४ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो ।
कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ । खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ नौ खोप केन्द्र तोकिएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ ।
-नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,
-सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,
-वीर अस्पताल,
-त्रिवी शिक्षण अस्पताल,
– निजामती कर्मचारी अस्पताल,
-परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
-वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...