२०८२ फाल्गुन २५
March 9, 2026, Monday

असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप दिइँदै

असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप दिइँदै

 

काठमाडौँ : यही असोज ४ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो ।

कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ । खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ नौ खोप केन्द्र तोकिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ ।
-नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,
-सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,
-वीर अस्पताल,
-त्रिवी शिक्षण अस्पताल,
– निजामती कर्मचारी अस्पताल,
-परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
-वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।

 

 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP