२०८२ फाल्गुन २९
March 13, 2026, Friday

‘कमेडी च्याम्पियन’को आज फाइनल, को बन्ला विजेता ?

‘कमेडी च्याम्पियन’को आज फाइनल, को बन्ला विजेता ?

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को फिनाले आज हुने भएको छ। कोरोना महामारीबिच फिनाले च्याम्पियनको सेटमै हुने कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए।

गत वर्षको तुलनामा यो बर्ष कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ निकै चर्चित रहन पुग्यो । शोलाई धेरै चर्चा दिलाउने काम अन्य प्रतियोगी मध्ये बढी भरतमणि पौडेलले गरे । उनको पूर्व युवराज पारस शाहको गेटअपदेखि अन्य धेरै प्रस्तुति शोको चर्चाको कारण भयो । जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो।

भरतमणि अलवा सन्तोष थापा र विक्की अग्रवालले पनि शोको चर्चामा इटा थप्ने काम गरे । यी तीन प्रतियोगीनै अहिले शोको फाइनलमा छन् । विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आएका तीन मध्येबाट एकले आज शनिबार हुने फाइनलमा उपाधि उठाउनेछन् । उपाधि विजेताले कार र थुप्रै गिफ्ट समेत हात पार्दछन् । भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोषलाई प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्म ल्याएको हो । तीनमध्ये एकले मात्र उपाधि उठाउने छन् ।

तीन प्रतियोगी मध्ये भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका हुन् । विक्की अग्रवाल नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने साहसी प्रतिभा मानिएका छन् । भरतमणी पौडेल समकालीन हास्यब्यङ्ग्यको उत्कृष्ट उदाहरण र सन्तोषलाई विकी र भरतमणि सुन्दर ‘फ्युजन’ भनेर चर्चा गरिने गरिएको छ । बिक्की नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने प्रतिस्पर्धीको रुपमा चिनिन्छन्।

अर्का प्रतिस्पर्धी हुन् गोरखाका सन्तोष थापा। निर्णायक मनोज गजुरेल सन्तोषलाई विक्की र भरतमणीको फ्यूजनको रुपमा लिन्छन्। साथै उनको प्रस्तुतीमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्गयानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतीमा शालिनता र सरलता भेटिने समेत गजुरेलले उल्लेख गरेका छन्।

कमेडी च्याम्पियनको फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा भिड्नेछन्। यी तीनजना मध्ये एकजना भोटको आधारमा विजेता घोषित हुने छ। तीन मध्येबाट विजेताले उपाधिसँगै कार पाउनेछन्। फिनाले आज बेलुका ९ बजे देखि कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

 

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP