२०८२ फाल्गुन २५
March 9, 2026, Monday

एएफसी महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

एएफसी महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

 

काठमाण्डौं : एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले समाल्ने छिन् । फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ भने फिलिपिन्स ६८औं स्थानमा रहेको छ । यस्तै नेपालले बिहीबार दोस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।

यसअघि नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १–० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक ९सन् १९८६, १९८९ र १९९९० मा एसियन कप खेलेको थियो। तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP