काठमाण्डौं : त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सम्भव भएसम्म १ असोजदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सर्कुलर गरेका छन् । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाएर र स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन गर्न त्रिविले आग्रह गरेको छ । भौतिक उपस्थितिमा कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदुले निर्णय गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने जनाएको छ ।
बिहीबार जारी गरेको आदेशमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नैपर्ने भएमा पालिकामा कोभिड संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारीचालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा खोप लगाउनुपर्ने जनाएको छ । त्यसैगरी, अभिभावक तथा सरोकारवाला समूहको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालको विवरण तथा ढाँचा तयार गरी स्मार्ट लकडाउनको प्रावधानअनुसार सञ्चालन गर्न सक्ने जनाएको छ ।
काठमाडौं महानगरपालिकाको शिक्षा समितिले कोभिडको जोखिम कायमै रहेकाले भौतिक रूपमा विद्यालय सञ्चालनका लागि पूर्वाधारको अध्ययन गर्न सात सदस्यीय कार्यदल बनाएको छ । महानगरका मेयरलाई प्रतिवेदन दिने गरी महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीको अध्यक्षतामा समिति बनाएको छ । समितिको प्रतिवेदन नआउँदासम्म कसैले विद्यालय खोलेमा त्यसको जवाफदेखि सोही विद्यालय हुने कापरले बताए । काठमाडौंमा धेरै विद्यालय र जनसंख्या भएकाले बढी संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...