काठमाण्डौं : त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सम्भव भएसम्म १ असोजदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सर्कुलर गरेका छन् । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाएर र स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन गर्न त्रिविले आग्रह गरेको छ । भौतिक उपस्थितिमा कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदुले निर्णय गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने जनाएको छ ।
बिहीबार जारी गरेको आदेशमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नैपर्ने भएमा पालिकामा कोभिड संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारीचालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा खोप लगाउनुपर्ने जनाएको छ । त्यसैगरी, अभिभावक तथा सरोकारवाला समूहको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालको विवरण तथा ढाँचा तयार गरी स्मार्ट लकडाउनको प्रावधानअनुसार सञ्चालन गर्न सक्ने जनाएको छ ।
काठमाडौं महानगरपालिकाको शिक्षा समितिले कोभिडको जोखिम कायमै रहेकाले भौतिक रूपमा विद्यालय सञ्चालनका लागि पूर्वाधारको अध्ययन गर्न सात सदस्यीय कार्यदल बनाएको छ । महानगरका मेयरलाई प्रतिवेदन दिने गरी महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीको अध्यक्षतामा समिति बनाएको छ । समितिको प्रतिवेदन नआउँदासम्म कसैले विद्यालय खोलेमा त्यसको जवाफदेखि सोही विद्यालय हुने कापरले बताए । काठमाडौंमा धेरै विद्यालय र जनसंख्या भएकाले बढी संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...