काठमाडौं:नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो।
सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने सैनिक उपचारिकामा ६४ जनालाई जागिरको अवसर छ । सेनाले २२ जना पूजारी समेत मागेको छ । त्योबाहेक भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, इलेक्ट्रोनिक्स लगायत पदमा भर्ना आह्वान भएको हो ।
सेनाले खुला तथा समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि आरक्षण सिटसहित आवेदन माग गरेको हो । सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सैनिकका सन्ततीका लागि पनि आरक्षणको व्यवस्था छ । इच्छुक उम्मेदवारले बिहीबारबाट ३१ असोजसम्म दरखास्त दिन सक्ने ब्यवस्था गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...