पोखरा:यसवर्ष मनसुनका कारण गण्डकी प्रदेशका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी प्रदेशभर हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै बाढी पहिरोमा परि ४४ जना घाइते छन् । विशेषगरी मनाङमा बाढीबाट बढी प्रभावित छ भने पर्वत, कास्की, गोरखा, बागलुङलगायत जिल्लामा पनि धेरै नै क्षति भएको छ ।
पहिरोले पाँच सय दुई निजी घर, पाँचवटा सरकारी कार्यालय, सातवटा विद्यालय, ६ वटा सामुदायिक भवन, २५ वटा हाइड्रो पावर र ३६ वटा पक्की पुलमा क्षति पुगेको छ । एक सय ७६ ठाउँको सडकमा यातायात अवरुद्ध भएको प्रदेश सरकारले जनाएको छ ।
सात सय ३१ घरका तीन हजार सात सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सरकारी आँकडा छ । विपदका समयमा चार हजार सात सय ६५ जनालाई ७९ लाख ६१ हजार आठ सय ९३ बराबरको खाद्यान्नलगायत जिन्सी सहयोग गरिएको छ भने ४१ लाख ८५ हजार नगद वितरण गरिएको छ । प्राकृतिक प्रकोपका कारण निधन भएकाको परिवारलाई संघीय सरकारले दुई लाख, प्रदेशले ५० हजार नगद राहत वितरण गरिरहेको छ ।
यस्तै, खाद्यान्नका लागि प्रतिपरिवार १५ हजार, अस्थायी आवासका लागि २५ हजार, उपचार खर्च ५० हजारका दरले प्रदेश सरकारबाट हस्तान्तरण गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भएको छ ।
पहिरोले घर पूर्ण क्षति भएकाहरूलाई घर बनाउन सरकारले छुट्टै सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले हिमाली जिल्ला मनाङका पूर्ण क्षति भएका घरलाई प्रतिघर दुई लाख र तल्लो क्षेत्रमा प्रतिघर एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...