काठमाडौं : पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा संक्रमणबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ५८९ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्यत थता जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २९४, झापामा १२७, मोरङमा १११, कास्कीमा ७६, सुनसरीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६२, रुपन्देहीमा ५४, भक्तपुरमा ४८, चितवनमा २८, काभ्रेपलाञ्चोकमा २६ तथा जुम्ला र कैलालीमा २०र२० जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी पुर्वमा १५, मकवानपुर र दाङमा १४र१४ जना, नुवाकोटमा १३ , गोरखामा १२, बर्दियामा ११ र सुर्खेतमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...