२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

थप १,५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

 

काठमाडौं : पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा संक्रमणबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ५८९ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्यत थता जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २९४, झापामा १२७, मोरङमा १११, कास्कीमा ७६, सुनसरीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६२, रुपन्देहीमा ५४, भक्तपुरमा ४८, चितवनमा २८, काभ्रेपलाञ्चोकमा २६ तथा जुम्ला र कैलालीमा २०र२० जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी पुर्वमा १५, मकवानपुर र दाङमा १४र१४ जना, नुवाकोटमा १३‍ , गोरखामा १२, बर्दियामा ११ र सुर्खेतमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Related News

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
  • २०७८ भाद्र २९

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ भाद्र २९

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०७८ भाद्र २९

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

TOP