२०८२ फाल्गुन ४
February 16, 2026, Monday

थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

 

काठमाण्डौं : आज थप १४८६ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १० हजार ९ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् ।हाल नेपालमा २६ हजार ६ सय ३० सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा छन् ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३०१, झापामा १२०, मोरङमा ११४, कास्कीमा ९६, सुनसरीमा ८२, चितवनमा ८१, ललितपुरमा ६८, भक्तपुरमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ४१, नुवाकोटमा २२, नवलपरासी पुर्वमा १९, स्याङजामा १५ र मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP