२०८२ माघ ५
January 19, 2026, Monday

सभामुखले बोलाएको कुनैपनि बैठकमा ओली सहभागि नहुने

सभामुखले बोलाएको कुनैपनि बैठकमा ओली सहभागि नहुने

 

काठमाडौं:  सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज २ः३० बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक संघीय संसद् भवनमा रहेको लोत्से हलमा बैठक बोलाईएको छ ।

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत रुपमा पत्र पठाएरै निम्ता गरेका छन् । तर, स्रोतका अनुसार बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेतामात्रै सहभागी हुनेछन् । पार्टीले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्नबाट रोकेर सभामुख सापकोटाले एमाले फुटाउन सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ । त्यस्तै ओली सभामुखले बोलाएका कुनै बैठकमा नजानेसमेत स्रोतले दाबी गरेको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP