२०८२ कार्तिक २१
November 7, 2025, Friday

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

 

काठमाण्डौं : प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गते सम्मका लागि स्थगित गरिएको छ ।

एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले रोष्टम घेरा हालेर नारावाजी गरेका हुन् । एमालेको अवरोधपछि सहमति जुटाउन भन्दै सभामुख अग्नि सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि बैठक स्थिगित गरेका थिए।

एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन् । उनले एमालेको नाराबाजीका कारण संसदमा जनचासोको विषय राख्न पाउने अरु सांसदको हक हनन भएको भन्दै पटक पटक संसद चलाउन दिन आग्रह गरे । तर एमाले सांसदले लगातार नाराबाजी गरेपछि सापकोटाले दुई दिनका लागि बैठक स्थगित गरेका हुन् ।

 

Related News

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटनामा एक जनाको मृत्यु
  • २०७८ भाद्र २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...

TOP