काठमाण्डौं : प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गते सम्मका लागि स्थगित गरिएको छ ।
एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले रोष्टम घेरा हालेर नारावाजी गरेका हुन् । एमालेको अवरोधपछि सहमति जुटाउन भन्दै सभामुख अग्नि सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि बैठक स्थिगित गरेका थिए।
एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन् । उनले एमालेको नाराबाजीका कारण संसदमा जनचासोको विषय राख्न पाउने अरु सांसदको हक हनन भएको भन्दै पटक पटक संसद चलाउन दिन आग्रह गरे । तर एमाले सांसदले लगातार नाराबाजी गरेपछि सापकोटाले दुई दिनका लागि बैठक स्थगित गरेका हुन् ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...