२०८२ फाल्गुन २९
March 13, 2026, Friday

मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टिपछि गरियो डिस्पोज

मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टिपछि गरियो डिस्पोज

काठमाडौं : बिहीबार बिहान करिब सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ। उक्त शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

शंकास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो। सो वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएकाले ती व्यक्तिहरुको प्रहरीले अहिले पहिचान गरिरहेको छ । स्थानीयले जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । डिस्पोजल टोलीका क्याप्टेन सन्दिप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद बस्तु सुरक्षित रुपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद बस्तु बम भएनभएको अनुसन्धानपछि मात्रै भन्न सकिने पनि नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ ।

क्याप्टेन सन्दीपले भने, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्यूसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’ डिस्पोजल टोलीले यसको बारेमा विस्तृत अध्ययन गरेर मात्रै बम राख्नेहरूको रिपोर्ट बाहिर ल्याउने बताएको छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP