२०८२ मंसिर १९
December 5, 2025, Friday

अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, तोकिए ६ मन्त्री र ४ राज्यमन्त्री

अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, तोकिए ६ मन्त्री र ४ राज्यमन्त्री

काठमाडौँ: बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् ।अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ ।

नवगठित मन्त्रिपरिषदमा डा अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्रालय, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालय र प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालय चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त भएका छन्।

राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन् । उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

Related News

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्  : मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

TOP