काठमाडौं: प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारत पश्चिम बंगालका १९ वर्षीय शोविक आदक मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। उनी धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसमा थिए। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाएर ल्याएको उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...