२०८२ फाल्गुन ४
February 16, 2026, Monday

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं: प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारत पश्चिम बंगालका १९ वर्षीय शोविक आदक मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। उनी धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसमा थिए। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाएर ल्याएको उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP