२०८२ मंसिर २४
December 10, 2025, Wednesday

एक साता थपियो उपत्यकामा निषेधाज्ञा, केही सेवामा सहज

एक साता थपियो उपत्यकामा निषेधाज्ञा, केही सेवामा सहज

३० जेष्ठ २०७८ कोशीपारी अनलाइन संवाददाता/काठमाडौं काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ।केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आज बसेको संयुक्त बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो । यसपालिको आदेशमा भने अत्यावश्यक खाद्य सामग्री खरीद/विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र) खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अबे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । कृषि कार्यका लागि भने सहजीकरण गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा उल्लेख छ । यस्तै अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रुपमा कामदार राखेर सञ्चालन गर्न सकिनेछ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । शैक्षिक संस्थाहरुले अनलाइनमार्फत पठनपाठन गराउन सक्नेछन् । नेपाल राष्ट्र बैँकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सिमित कार्यालय मात्रै खोल्न पाइने थियो । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइनेछ । यसैगरी अन्य भिडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी कुरामा यसअघिको आदेशमा उल्लेख भए अनुसार हुने जनाइएको छ । अत्यावश्यक र पासबाहक बाहेकका सवारीसाधन असार ७ गते राति १२ बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । उक्त निर्णय सोमबार राति १२ बजेदेखि लागू हुनेछ । अत्यावश्यक काममा बाहेक मानिस हिँडडुल गर्न पाउने छैनन् ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP