२०८२ माघ ५
January 19, 2026, Monday

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका विभिन्न राजनीतिक दल कोरोनाविरुद्ध भर्चुअल बैठकमा जुटे

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका विभिन्न राजनीतिक दल   कोरोनाविरुद्ध भर्चुअल बैठकमा जुटे

१२ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ कोरोना महामारीविरुद्ध दुवै मुलुकका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरू भर्चुअल बैठकमा जुटेका छन् । बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकमा बैठक भइरहेको छ। सीसीपीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको बैठकको नेतृत्व विभागका प्रमुख सोङ ताओले गरिरहेका छन्।बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेपाल मजदुर किसान पार्टीलगायतका नेताहरू सहभागी छन्। नेकपा एमालेबाट महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेसबाट नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महराले सहभागिता जनाएका छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादवले सहभागिता जनाएका छन्। सीसीपीले नेपालका राजनीतिक दलहरूसँग यसरी बैठक गर्न लागेको यो पहिलोपटक हो। यसअघि पनि विदेश विभागले भर्चुअल र नेपालमै आएर कार्यक्रम गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीसँग मात्र गर्दै आएको थियो। नेकपा फुटेपछि सीसीपीले यसपटक एमाले र माओवादी केन्द्रसहित अन्य राजनीतिक दललाई पनि छलफलमा सहभागी गराएको हो। सीसीपीको विदेश विभागले यसअघि काठमाडौंमै आएर चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘सी विचारधारा’ बारेमा समेत नेकपाका नेताहरूलाई कक्षा दिएको थियो।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ जेष्ठ १२

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ जेष्ठ १२

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ जेष्ठ १२

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP