२०८२ मंसिर २४
December 10, 2025, Wednesday

आज देशले नयाँ सरकार पाउँदै, तर को बन्छ प्रधानमन्त्री ?

आज देशले नयाँ सरकार पाउँदै, तर को बन्छ प्रधानमन्त्री ?

३० बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं देशले विहीबार रातिसम्म नयाँ सरकार पाउने भएको छ। केपी ओलीको सरकारले संसदबाट सोमबार विश्वास गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दलहरुलाई गठबन्धन सरकार बनाउन दिएको तीन दिनको समय विहीबार राति ९ बजे सकिँदै छ।

दलहरु गठबन्धन सरकार बनाउन असफल भए पनि विहीबारै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने भएकाले देशले विहीबारै नयाँ सरकार पाउने भएको हो।

विपक्षी दलहरुको गठबन्धनले काँग्रेस सभापति शेरबदुर देउवलाई प्रधानमन्त्री बनाउने कसर जारी राखेपछि विहीबार बिहानसम्म कुनै नतिजा निस्केको छैन्। बिहानसम्म विपक्षी गठबन्धनले बहुमत जुटाउन नसक्दा एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने सम्भावना बढ्दै गएको छ।

विपक्षी गठबन्धनलाई जनता समाजवादी पार्टीको एक समूह महन्थ ठाकुर समूहले साथ नदिने भएपछि अब एमालेकै अर्को समूह माधव नेपाल समूहले के गर्छ ? भन्ने चासो बढेको छ। सो समूहका केही नेताहरुले सांसद पदबाट राजीनामा दिएर विपक्षीलाई बहुमत पुर्याउन सहज वातावरण बनाउनुपर्ने बताएका छन् भने केही नेताहरु राजीनाको पक्षमा छैनन्। त्यसैले नयाँ प्रधानमन्त्री बारे विहीबार बिहान ९ बजेसम्म रहस्य नै छ।

उता जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने विकल्पमा पनि विपक्षी दलहरुबीच छलफल चलेको चर्चा छ। विहीबार दिनभर राजनीतिक भेटघाटले तिब्रता पाउने देखिएको छ। विहीबार बिहानैबाट नेताहरुबीच छलफल शुरु भइसकेको छ। माधवकुमार नेपाल र विष्णु पौडेलबीच पनि छलफल भएको छ।

यी सबै भेटघाटका बीच बहुमतको सरकार बनाउन सबैभन्दा अनुकुल वातावरण एमालेलाई भए पनि उसले भने सरकार बनाउने कुनै पहल गरेको छैन। किनकी विपक्षीहरुको बहुमत नपुगे ओली नै पुनः प्रधानमन्त्री बन्ने भएकाले एमालेले बहुमतीय सरकारका लागि पहल नगरेको विश्लेषण गरिएको छ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP