२०८३ बैशाख ३
April 16, 2026, Thursday

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४ हजार २ सय ५० विद्यालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४ हजार २ सय ५० विद्यालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौटमा परेका ४ हजार २ सय ५० विद्यालयलाई विभिन्न शिर्षकमा रकम उपलब्ध गराइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यक्रम सम्बन्धी प्रतिवेदन बुझाउँदै छनौटमा परेका ४ हजार २ सय ५० विद्यालयलाई १ करोड देखि ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको बताउनुभयो । सरकारले पहिलोपटक ५ अर्ब ६ करोड रुपैयाँ बराबरको कार्यक्रम सहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा आवेदन परेका ६ हजार ९ सय २१ मध्ये छनौटमा परेका मूलुकभरका ४ हजार २ सय ५० विद्यालयलाई रकम बाँडफाँड गरिएको उल्लेख छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले शिक्षामा नयाँ कामको थालनी गरेको उल्लेख गर्नुभयो । मुलुकको समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ–नयाँ योजना सहित अघि बढ्नुपर्ने उहाँको भनाई थियो । दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने थलो शिक्षाक्षेत्र भएकाले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रम ओलीले नेपालमा शिप सहितको शिक्षा आवश्यक रहेको औल्याउनुभयो । शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले कार्यक्रममा भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ्ग, भवन रेट्रोफिटिङ्ग ,शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामाग्री/शैक्षिक सामाग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय विकासलाई शैक्षिक सामाग्री अन्तरगत सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि लगायत प्राथमिकताको आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७७ चैत्र २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP