२०८२ मंसिर २४
December 10, 2025, Wednesday

फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेज रद्द गर्न लेखा समितिको निर्देशन

फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेज रद्द गर्न लेखा समितिको निर्देशन

चैत्र १९, २०७७ | काठमाडौं

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई–मधेश द्रुत मार्ग आयोजना अन्तर्गतको सुरुङ र पुल निर्माण सम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको आज बसेको बैठकले रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिसँग छलफल गरी निर्माणका लागि प्रतिस्पर्धा नभएको अहिलेको खरिद प्रक्रिया रद्द गर्न र नियमअनुसार पुन: नयाँ प्रक्रिया थाल्न निर्देशन दिएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो । 

फास्ट ट्रयाक निर्माणका क्रममा प्याकेज अन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १ दशमलव ३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सी सम्म १ दशमलव ४ किलोमिटर गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा निर्माण कम्पनी प्रतिस्पर्धामा थिए । तर नेपाली सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र प्रि–क्वालिफाइड ठहर गरेको थियो । 

सोही विषयलाई लिएर संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो । सेनाले चिनियाँ कम्पनीलाई छनोट गर्दा सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको समितिको निष्कर्ष छ । 

यस्तै, समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशिका र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्सनसँग सम्बन्धित कागजात जारी गरी कानूनी अवरोध हटाउन निर्देशन दिएको समिति सचिव पाण्डेले जानकारी दिनुभयो । 

समितिमा फास्ट ट्रयाक निर्माण सम्बन्धी नेपाली सेनाका अधिकारीले जानकारी दिएका थिए । फास्ट ट्रयाक निर्माणमा सार्वजनिक खरिद ऐन, नियमावलीमा भएका प्रावधान कार्यान्वयन भए/नभएका बारेमा पनि छलफल भएको थियो । 

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७७ चैत्र १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७७ चैत्र १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७७ चैत्र १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP