काठमाडौँ । अनुशा कार्कीले नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज जितेकी छिन् । बानेश्वर स्थित एभरेष्ट होटलमा शनिबार सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा विजेता घोषित भएकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल उपस्थित रहनु भएका थिए भने प्रतियोगिताको निर्णायकको रुपमा बरिष्ठ अधिबक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिइ, अन्तर्राष्ट्रिय मोडल तथा एक्टर दिपक घिमिरे, पूर्व क्याविन क्रिउ कतार एयरवेज र सौर्य एयरलाइन्स अर्चना मिश्र रहेको छ । नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट ब्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका हुन् ।
नेपाल बायुसेवा निगम र गिता एभिएसनको मुख्य प्रायोजन साथै ट्रयाङ्कुलिटी स्पा र मुक्तिनाथ बिकास बैंकको सह प्रायोजन रहेको नाट मिस एयर हस्टेस इन्टरनेशनल सिजन २ का विजेताले एयर हस्टेस तालिममा शतप्रतिशत छात्रावृत्ति, अमेजमन ग्रुपको तर्फबाट १ वर्षको लागि ब्राण्ड एम्बेसेडर र सिंगापुर भ्रमण, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने छन् ।
करिब १ महिना लामो बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । एयर हस्टेस पढिरहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको उक्त प्रतियोगिता दोश्रो संस्करण हो ।

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...