२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

अनुशा कार्कीले जितिन नाट मिस एयर हस्टेस इन्टरनेशनल

अनुशा कार्कीले जितिन नाट मिस एयर हस्टेस इन्टरनेशनल

काठमाडौँ । अनुशा कार्कीले नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज जितेकी छिन् । बानेश्वर स्थित एभरेष्ट होटलमा शनिबार सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा विजेता घोषित भएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल उपस्थित रहनु भएका थिए भने प्रतियोगिताको निर्णायकको रुपमा बरिष्ठ अधिबक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिइ, अन्तर्राष्ट्रिय मोडल तथा एक्टर दिपक घिमिरे, पूर्व क्याविन क्रिउ कतार एयरवेज र सौर्य एयरलाइन्स अर्चना मिश्र रहेको छ । नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट ब्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका हुन् ।

नेपाल बायुसेवा निगम र गिता एभिएसनको मुख्य प्रायोजन साथै ट्रयाङ्कुलिटी स्पा र मुक्तिनाथ बिकास बैंकको सह प्रायोजन रहेको नाट मिस एयर हस्टेस इन्टरनेशनल सिजन २ का विजेताले एयर हस्टेस तालिममा शतप्रतिशत छात्रावृत्ति, अमेजमन ग्रुपको तर्फबाट १ वर्षको लागि ब्राण्ड एम्बेसेडर र सिंगापुर भ्रमण, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने छन् ।

करिब १ महिना लामो बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । एयर हस्टेस पढिरहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको उक्त प्रतियोगिता दोश्रो संस्करण हो ।

Miss Air Hostess Intl

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७७ चैत्र १६

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७७ चैत्र १६

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७७ चैत्र १६

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP