२०८२ कार्तिक २३
November 9, 2025, Sunday

अप्रेसन गरेर बच्चा जन्माउने महिलाले ध्यान दिनैपर्छ यी ५ कुरा, नत्र हुन्छ यस्तो खतरा

अप्रेसन गरेर बच्चा जन्माउने महिलाले ध्यान दिनैपर्छ यी ५ कुरा, नत्र हुन्छ यस्तो खतरा

१८ बैशाख २०७८, कोशीपारी अनलाइन काठमाडौँ । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ।प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन्ः १‍) पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ। तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ। २) अप्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ। तर यो केबल मिथ्या मात्र हो। सामान्य शारीरिक गतिविधि गर्दा त्यसले शरिरलाई सशक्त बनाउँछ। सामान्य हिडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गहौं सामाग्री उचाल्नु हुँदैन। ३) अप्रेशन पछि केही आमाहरुमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ। अप्रेशन लगत्तै वा सोही दिनदेखि स्तनपान गराउँदा कुनै असर पर्दैन। ४) अप्रेशन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ। चिल्लोयुक्त तरल पर्दाथ खानु हुँदैन। तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ। ताजा फलफुल, सागसब्जी, खानुपर्छ। डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ। सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रुपमा तौल बढ्न दिदैन्। ५) डेलिभरीपछि आफ्नो र शिशु दुबैको स्वास्थ्यमा ख्याल गर्नुपर्छ। आफूलाई चिसो र एलर्जीबाट बचाउनु पर्छ। हाच्छिँउ आउँदा शल्यक्रिया गरेको स्थानमा असर पर्नसक्छ। अप्रेशन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन। कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ। धेरै आराम र प्रर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ।

Related News

आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’ प्रतियोगिता
आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’ प्रतियोगिता
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५...

पूर्वमन्त्री आलमको शव रौतहट पु-याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको शव रौतहट पु-याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिने
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं रौतहट । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पु¥याइएको छ...

मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन 
मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन 
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन संवाददाता असोज ३०, काठमाण्डौं रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको आफ्नै भवन बनको छ । भिजन...

TOP