३ वैशाख, वीरगञ्ज । होली पर्व मनाउन भारतको हैदरावादबाट घर फर्किएका जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि २६ चैतमा एड्भान्स अस्पताल भर्ना भए । खोकी लाग्नुका साथै ज्वरो आएकाले पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो । नारायण अस्पताल रिफर भएका उनको उनको दुवै फोक्सोमा कोभिड निमोनिया देखियो । उपचारका क्रममा उनलेको मंगलबार विहान मृत्यु भएको छ ।
नयाँ दिल्ली छोरालाई भेटेर फर्किएका वीरगञ्ज-३ प्रगतिनगरका ६२ वर्षीय बृद्धलाई पनि खोकी लाग्नुका साथै ज्वरो आयो । श्वासप्रश्वासमा समस्या देखियो । श्वास प्रश्वासमा समस्या देखिएपछि २९ चैतमा अस्पताल पुगेका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनको पनि मंगलबार मृत्यु भयो ।
पर्साको कालिकामाई गाउँपालिका-२ का ५५ वर्षीय पुरूषको पनि उपचारको क्रममा ३० चैत २०७७ चैत भरतपुर अस्पतालमा मृत्यु भयो । कडा निमोनिया देखिएपछि उनलाई वीरगञ्जबाट भरतपुर रिफर गरिएको थियो ।
कोरोना संक्रमणबाटै बिहीबार वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको छ । मोटोपनको समस्याबाट पीडित उनलाई ज्वरो आउनुका साथै पखाला लागेको थियो । २९ चैतमा नारायणी अस्पताल पुगेकी उनको पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो र होम आइसोलेसनमा बसिन् । सास फेर्न गाह्रो भएपछि ३१ चैतमा फेरि अस्पताल पुगेकी उनको उपचारका क्रममा मृत्यु भयो ।
लकडाउन गर्न चिकित्सकको सुझाव
पछिल्लो ४ दिनमा बारा र पर्साका ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमै ज्यान गुमाएका तीन जनामा कडा खालको निमोनिया देखियो । चिकित्सकका अनुसार निमोनिया पहिलाको भन्दा जटिल खालको छ र संक्रमितलाई उच्च मात्रामा अक्सिजन दिँदा पनि गाह्रो भएको छ ।
नारायणी अस्पतालका डा. निरज सिंह १० सिलिण्डर अक्सिजन लगाउँदा समेत संक्रमितलाई बचाउन नसकिएको बताउँछन् । कुनै ट्राभल हिस्ट्री नदेखिएका, तर परिवार पुरै संक्रमित भएकाल समुदायमै संक्रमण फैलिएको उनको ठहर छ । ‘तीव्र गतिमा संक्रमण फैलिएको छ । संक्रमित ५/७ दिन बाहिरै अलमलिएर बस्ने गरेका छन् । अस्पताल आइपुग्दा पुरै फोक्सो बिग्रिसकेको हुन्छ । कोरोनाविरुद्ध पुनः एकपटक गम्भीर रुपमा लाग्नुपर्ने देखिन्छ’ डा. सिंहले भने ।
दैनिक भेटिएका नयाँ संक्रमितको संख्याले पनि त्यही संकेत गर्छ । ०७७ चैत २४ गते १३ जना, २५ गते १५ जना, २७ गते ९८ जना, २७ गते १५ जना, २९ गते २८ जना, ३० गते ४० जना र चैत ३१ गते २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरका छन् ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...