सामान्य सोचिने समस्यालाई बेवास्ता गरे यसले दीर्घकालीन समस्या निम्त्याउने रोग बन्न सक्छ ।
श्वास फेर्ने नली सानो हुनु, श्वास नलीलाई स्थिर राख्ने मासंपेशी कमजोर हुनु समस्याको मुख्य कारण हो । सानो श्वास नलीबाट हावा जाँदा आउने आवाज घुराइ हो । त्यस्तै, सुतेको समयमा श्वास नली बन्द हुँदा फोक्सोमा हावाको प्रवाह रोकिन्छ, जसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ ।
शरीरमा अक्सिजनको मात्रा कम हुँदा सास नलीमा अवरोध पुग्छ र शरीर ब्युझिने हुन्छ जुन हामीले थाहा नपाउन पनि सक्छौँ, जसकारण घुर्ने समस्या हुने हुन्छ । श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छ । नाकमा समस्या भएमा, टन्सिल ठूलो भएमा, अनुहारमा हड्डी, माथिल्लो र तल्लो च्यापु सानो भएमा, जिब्रो मोटो भएमा श्वास फेर्ने नली सानो हुन्छ जसकारण घुर्ने समस्या उत्पन्न हुने गर्छ ।
निद्रामा ठूलो आवाजले घुर्नु, सुतेको बेला बीचबीचमा केही समयका लागि श्वास फेर्न नसक्नु र यही प्रक्रिया रातभर दोहोरिइरहनु नै रोगको मुख्य लक्षण हो । घुर्ने समस्या भएका व्यक्तिहरूको निद्रा नपुग्ने, राती पटकपटक ब्युझिनु पर्ने, थकान हुने, टाउको दुख्ने, घाँटी सुक्खा हुने, निद्रा नपुगेका कारण दिनभरि निद्रा लागिरहने, व्यवहारमा परिवर्तन आउने, स्मरणशक्ति कम हुनेजस्ता समस्या देखिन थाल्छ ।
समस्या सामान्य भएमा तौल कम गर्ने, चुरोट तथा रक्सीको सेवन नगर्ने, नियमित व्यायम गर्ने, कोल्टे वा घोप्टो परेर सुत्ने चिकित्सकले नाक खोल्न मद्दत गर्ने वा दिएको औषधि नियमित रुपले प्रयोग गर्नाले यसको समाधान हुन्छ । तर, केही मानिसमा नाक र घाँटीका विभिन्न अपरेसन गरेर साँघुरिएको श्वास फेर्न नली ठूलो बनाउनु पर्ने हुनसक्छ ।
समयमा घुर्ने समस्याको उपचार नगरिएमा टाउको दुख्ने, लामो समयको थकान, मोटोपनाको समस्या हुने, यौन इच्छा कम हुँदै जाने, एन्जाइटी तथा डिप्रेसन हुने, औषधि खाँदा पनि मधुमेह, रक्तचाप नियन्त्रण नहुने, ग्यास्ट्रिक, मुटको समस्या, आँखाको नशा सुक्ने, जलबिन्दु तथा पक्षघात हुने सम्भावना बढी हुने, अकालमा मृत्यु हुने हुनसक्छ ।
कोशीपारी अनलाइनमंसिर २०, काठमाडौं नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) बेड स्थापनासहित १० भन्दा बढी चिकित्सक जेरियाट्रिक्स विशेषज्ञका रूपमा...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका पिता डा. रामनारायण साहको निधनप्रति उज्यालो नेपाल पार्टीले गहिरो दुःख...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं बाजुरा । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको...