सामान्यतया ढाड दुख्ने समस्या हामीले लगाउने जुत्ता-चप्पलसँग पनि सम्बन्धित हुन्छ। असहज, कसिला, अग्लो हिल, आफ्नो खुट्टामा नमिल्ने जुत्ता-चप्पल लगाउनाले ढाड र खुट्टाको समस्या आउँछ। त्यसैले जुत्ता-चप्पल किन्दा झिलिक्क राम्रो देखिने मात्र नहेरेर सहज हुने छान्नुपर्छ। जुत्ता-चप्पल किन्दा मुख्य रूपमा यी छ कुरामा ध्यान दिए ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ। अनि खुट्टामा मिल्दा सजिला जुत्ता धेरै समय टिक्छन् पनि।
१.आफ्नो उमेरसँगै आफ्नो जुत्ता-चप्पलको साइज फरक पर्ने हुनाले आफूलाई ठिक्क हुने मात्र छानेर किन्ने। २. जुत्ता-चप्पलको साइज यसको प्रायोजन अनुसार पनि फरक पर्छ। दगुर्न, सामान्य हिँडडुल र अफिसका लागि बनाइएको जुत्ता एकै साइज भए पनि आफूलाई नमिल्न सक्छ। त्यसैले किन्नुअघि लगाएर, हिँडेर हेर्ने। ३. प्रायः मानिसको एक खुट्टा अर्कोभन्दा ठूलो हुन्छ। त्यसैले दुवै जुत्ता दुवै खुट्टामा मिल्छ भन्ने निश्चित गर्ने। ४.जुत्ता-चप्पल किन्नुअघि त्यसलाई लगाएर यताउता हिँड्ने। लगाउँदा चिप्लिए जस्तो, हल्लिएजस्तो हुनु हुँदैन। ५. आफ्नो खुट्टाको आकारजस्तो छ, त्यस्तै जुत्ता-चप्पल किन्ने। खुट्टा मोटो भए पातलो खालको जुत्ता नकिन्ने। ६. तन्किन्छ वा खुल्छ भनेर आफ्नो साइजभन्दा सानो जुत्ता-चप्पल नकिन्ने। यसले तपाईंको खुट्टालाई असर गर्छ।
कोशीपारी अनलाइनमंसिर २०, काठमाडौं नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) बेड स्थापनासहित १० भन्दा बढी चिकित्सक जेरियाट्रिक्स विशेषज्ञका रूपमा...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका पिता डा. रामनारायण साहको निधनप्रति उज्यालो नेपाल पार्टीले गहिरो दुःख...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं बाजुरा । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको...