२०८२ फाल्गुन २५
March 9, 2026, Monday

स्थानीयका लागि जारी गरिएको मध्य भोटेकोशीको आइपीओ तत्कालका लागि स्थगित

स्थानीयका लागि जारी गरिएको मध्य भोटेकोशीको आइपीओ तत्कालका लागि स्थगित

कोशीपारी अनलाईन
२०७८ वैशाख २३, काठमाडौं ।


मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपीओ तत्काललाई बन्द हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा आज (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपीओ भर्नका लागि हिडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।

आजै, नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आइपीओ स्थगनको सूचना प्रकाशन हुने पनि क्यापिटलले जनाएको छ । अब कहिलेबाट बिक्री खुला गर्ने भन्नेबारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिंग गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ (घुम्थांग गा.वि.स. र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

Related News

नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
  • २०७८ बैशाख २३

कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट...

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २०७८ बैशाख २३

कोशीपारी अनलाइन फागुन ११, काठमाण्डौं सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत...

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख २३

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

TOP