कोशीपारी अनलाईन
२०७८ वैशाख २३, काठमाडौं ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपीओ तत्काललाई बन्द हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा आज (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपीओ भर्नका लागि हिडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।

आजै, नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आइपीओ स्थगनको सूचना प्रकाशन हुने पनि क्यापिटलले जनाएको छ । अब कहिलेबाट बिक्री खुला गर्ने भन्नेबारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिंग गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ (घुम्थांग गा.वि.स. र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
कोशीपारी अनलाइन कात्तिक २६, काठमाण्डौं बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से...
कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको...
कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १०...