कोशीपारी अनलाईन,
२०७८ वैशाख १३, काठमाडौं ।
मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय तथा सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिंग गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ (घुम्थांग गा.वि.स. र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरिएको छ ।
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...
कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका...
कोशीपारी अनलाइन फागुन २६, काठमाण्डौं शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने...