२०८२ फाल्गुन २५
March 9, 2026, Monday

युनिक नेपाल लघुवित्तको एफपीओ ल्याउने प्रस्ताव

युनिक नेपाल लघुवित्तको एफपीओ ल्याउने प्रस्ताव

कोशीपारी अनलाईन, काठमाडौं : युनिक नेपाल लघुवित्त, बाँकेले एफपीओ निष्काशन गर्ने भएको छ । वैशाख २५ गते बस्न लागेको विशेष सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गरिदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।  
घोडीघोडा र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिने भएपछि आइतबार गत २०७७ कार्तिक २७ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ भने युनिक नेपाल लघुवित्तले हालसम्म आइपीओ जारी गरेको छैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । 
  यी दुई कम्पनीहरुबीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो । उक्त विशेष सभामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीलाई राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावली संशोधन गर्न परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि रहेको छ । 

Related News

नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट...

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन फागुन ११, काठमाण्डौं सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत...

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

TOP