२०८२ कार्तिक २१
November 7, 2025, Friday

युनिक नेपाल लघुवित्तको एफपीओ ल्याउने प्रस्ताव

युनिक नेपाल लघुवित्तको एफपीओ ल्याउने प्रस्ताव

कोशीपारी अनलाईन, काठमाडौं : युनिक नेपाल लघुवित्त, बाँकेले एफपीओ निष्काशन गर्ने भएको छ । वैशाख २५ गते बस्न लागेको विशेष सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गरिदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।  
घोडीघोडा र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिने भएपछि आइतबार गत २०७७ कार्तिक २७ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ भने युनिक नेपाल लघुवित्तले हालसम्म आइपीओ जारी गरेको छैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । 
  यी दुई कम्पनीहरुबीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो । उक्त विशेष सभामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीलाई राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावली संशोधन गर्न परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि रहेको छ । 

Related News

नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको...

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १०...

१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन कात्तिक २, काठमाण्डौं साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन...

TOP