२०८२ फाल्गुन २५
March 9, 2026, Monday

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो

काठमाडौं|  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८० अंकले बढेर दुई हजार छ सय ५८.६६ विन्दुमा कायम भएको छ ।परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने उत्साहजनक प्रदर्शन गरेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।

आज फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।आज प्योर इनर्जी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज १२४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२४ कम्पनीको सेयरमूल्य घटेको छ ।पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । अपर होवाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.५८ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

Related News

नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै
नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै
  • २०८२ असार २

कोशीपारी अनलाइन फागुन २०, काठमाण्डौं नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल...

सुनको मूल्य ११ हजार रुपैयाँले घट्यो
सुनको मूल्य ११ हजार रुपैयाँले घट्यो
  • २०८२ असार २

कोशीपारी अनलाइन फागुन २०, काठमाण्डौं नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
  • २०८२ असार २

कोशीपारी अनलाइन फागुन २०, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन...

TOP