२०८२ कार्तिक २८
November 14, 2025, Friday

१.६३ प्रतिशतले घट्यो महंगी दर

१.६३ प्रतिशतले घट्यो महंगी दर

 काठमाडौं । नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो ।

राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत छ । गत वर्षको वैशाखमा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत थियो। यस्तै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो। यस्तै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ  भने तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत छ।

अघिल्लो वर्षकोे वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेकोमा २०८२ वैशाख महिनामा यस्तो मुद्रास्फीति घटेर ३.९५ प्रतिशतमा झरेको छ ।

Related News

आज सुनचाँदीको मूल्य सामान्य घट्यो
आज सुनचाँदीको मूल्य सामान्य घट्यो
  • २०८२ जेष्ठ २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...

बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
  • २०८२ जेष्ठ २७

कोशीपारी अनलाइन कात्तिक २७, काठमाण्डौं नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको...

नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार
नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार
  • २०८२ जेष्ठ २७

कोशीपारी अनलाइन कात्तिक २६, काठमाण्डौं बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से...

TOP