काभ्रे – राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेले विभिन्न कार्यक्रम गर्ने भएको छ । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारा सहित चैत्र १९ गते ६४ औं राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
संघको जानकारी अनुसार नेपालमा कृषि समस्या समाधानका लागि सहकारीको भूमिका विषयक एक दिवसीय गोष्ठिको आयोजना गर्ने गरिएको छ । कार्यपत्र प्रस्तुतका लागि नेपाल सरकारका सचिव गोपिनाथ मैनालीले उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको छ । त्यस्तै सहकारी संघले चैत्र २० गतेका दिन संघमा रहेको नेपालको राष्ट्रिय झण्डा फेर्ने तथा पूजा गर्ने कार्यक्रम रहेको र सोहि दिन ११ बजे देखि रक्तदान कार्यक्रम आयोजना गर्ने र सोहि दिन बेलुका साँझ ७ बजे संघको कार्यालयमा दीपावली समेतको आयोजना गर्ने संघले कार्यक्रम तयार गरेको छ ।
जिल्लामा १४ सय ९५ वटा सहकारी संस्था/संघहरुको छाता संघ रुपमा रहेको संघले आफ्ना सहकारी सदस्य संस्था /संघहरुका लागि पत्राचार, अपिल र विभिन्न सामाजिक सञ्जाल मार्फत सूचना समेत जारी गर्दै आइरहेको छ । संघका अध्यक्ष दिलिप शर्माले यो वर्षको राष्ट्रिय सहकारी दिवसलाई भब्य रुपमा सफल बनाउन जिल्लामा रहेका सबै संघ/संस्था, अभियानकर्मी र सम्बद्ध सबैमा हार्दिक अनुरोध समेत गरेका छन् । त्यस्तै चैत्र १९ गतेका दिन जिल्ला सहकारी संघ लि. मा आर्थिक कारोबार गरेका सहकारी संस्थाहरु मध्ये उत्कृष्ट रहेका संस्था मध्ये ३ वटालाई संरक्षित पूजी फिर्ता कोषको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...