२०८२ कार्तिक २८
November 14, 2025, Friday

ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म ‘बलिदान’ को प्रचार शुरु

ल्होत्से मलमा ६० फिट लामो पोस्टर राखेर फिल्म ‘बलिदान’ को प्रचार शुरु

काठमाडौँ । सन्तोष सेनको नयाँ फिल्म बलिदानको प्रचार शुरु गरिएको छ । निर्देशक सेनले बालाजुस्थित ल्होत्से मलमा सिनेमाटिक पोष्टर राखेर फिल्मको प्रचारको शुरुवात गरेको जानकारी दिएका छन् ।

बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता समीर भट्टलाई रगतले लतपतिएका र रिसाएको मुद्रामा देखाइएको छ ।

निर्देशक सेनले एउटा सिनेमाटिक क्रान्तिको सुरुवात भन्दै विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि  गर्वका साथ बलिदान केवल चलचित्र नभएर अब एउटा अभियान बनिसकेको बताएका छन् ।

यस अघि प्रेमगीत- ३ निर्देशन गरेका सेनको यो दोस्रो निर्देशकीय फिल्म हो ।

फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय रहेको छ । यो फिल्म यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन आउदैछ ।

Related News

वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए
वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन कात्तिक २६, काठमाण्डौं बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् । सोमबार स्वास्थ्य...

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको...

TOP