२०८२ फाल्गुन २५
March 9, 2026, Monday

बहुमुखी प्रतिभाका धनी देव पुनद्वारा निर्देशित ‘कान्छी रे’ म्यूजिक भिडियो सार्वजनिक

बहुमुखी प्रतिभाका धनी देव पुनद्वारा निर्देशित ‘कान्छी रे’ म्यूजिक भिडियो सार्वजनिक

 

नेपाली गीत संगित जगतमा दर्शकहरुले निकै रुचाउँदै आएका संगितकार तथा निर्देशक देव पुनद्वारा निर्देशित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनीद्वारा निर्देशित ‘कान्छी रे’ बोलको नयाँ म्यूजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

पछिल्लो समयमा म्युजिक भिडियोतिर निकै ब्यस्त हुँदै आईरहेका पुन आफैले निर्देशन गरेका उक्त गीतमा कलाकार लिया पुनले म्यजिक भिडियोमा डेब्यु गरेकी छिन् । देव पुन आफैले निर्देशन गरेको यस भिडियोमा छाँयाकन पनि उनी आफैले गरेका छन् । निर्देशक पुन र बिग आईकन विजेता गगन पुनको एक पछि अर्को म्यूजिक भिडियोहरु बजारमा आईरहेका छन् ।

गीतमा बिग आईकन बिजेता गगन पुन र एलिना चौहान स्वर रहेको छ भने संगीत पनि स्यंयम गगन पुनले नै गरेका छन् । ‘कान्छी रे’ गीतमा शब्द राज पुन मगरको रहेको छ । भिडियोमा गगन पुन र लिया पुनको अभिनय देख्न सकिन्छ । त्यस्तै दिलकुमारी रामजाली, संजिव थापा आदि कलाकारहरुको पनि अभिनय रहेको छ । यस भिडियो सुवास जि सीले सम्पादन गरेका छन् । सुटिङ सबै म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका अन्तर्गत पर्ने दग्नाम गाउँमा गरिएको निर्देशक देव पुनले जानकारी दिए ।

 

Related News

चलचित्र ‘फ्रेन्च किस’ मा रेखा थापाको इन्ट्री
चलचित्र ‘फ्रेन्च किस’ मा रेखा थापाको इन्ट्री
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन माघ २९, काठमाण्डौं चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री...

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन माघ २८, काठमााण्डौं विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा...

वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन  माघ २८, काठमाण्डौं षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई...

TOP