पौष १० गतेबाट चलचित्र प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोले । उनीहरुले हल खोलेर केही पुराना चलचित्र रिलिज गरे । नेपाल सरकारले पौष २६ गतेबाट हल ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गर्यो । सरकारले ५० प्रतिशत अकुपेन्सीको नियम हटाएको छैन । पछिल्ला दिनमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले पनि यो नियम तत्काल हट्ने संभावना देखिदैन ।
हल खुलेको ३ महिना भैसक्दा पनि दर्शक हलसम्म पुगेका छैनन् । यो विचमा केही नयाँ र केही पुराना नेपाली तथा हिन्दी चलचित्र रिलिज भए । तर, कुनैले पनि दर्शकको साथ पाएनन् । चलचित्र प्रदर्शकहरुले नयाँ हिन्दी चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने आशा थियो । तर, भारतमा दिनमै ६० हजार भन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् ।
यसले, एकपछि अर्को हिन्दी चलचित्रको प्रदर्शन मिति पनि स्थगित भएको छ । यसैले, केही महिना नयाँ हिन्दी चलचित्र हलमा आउने संभावना पनि कम देखिन थालेको छ ।
अर्कोतिर, प्रदर्शन मिति तय गरिएका केही नेपाली चलचित्र पनि पोष्टपोन्ड भएका छन् । यसले, सुनसान रुपमै संचालन भैरहेका हलहरुले यस्तो अवस्था कहिलेसम्म बेहोर्न पर्ने हो, यकिन छैन ।
चलचित्र रिलिज फेरि अन्यौलमा देखिएको छ । निर्माण भैसकेका चलचित्रलाई प्रदर्शन गर्न निर्माताले चासो देखाएका छैनन् । यस्तो अवस्थामा नेपाली चलचित्रले अझै केही समय शुन्यताकै अवस्था भोग्नुपर्ने देखिन्छ ।
कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको...
कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली...
कोशीपारी अनलाइन संवाददाता असोज ३०, काठमाण्डौंं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन विहीबार काठमाडौंमा सम्पन्न भएको छ...