२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

३ महिनादेखि सुनसान हल, फिल्म रिलिज अझै अन्यौलमा

पौष १० गतेबाट चलचित्र प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोले । उनीहरुले हल खोलेर केही पुराना चलचित्र रिलिज गरे । नेपाल सरकारले पौष २६ गतेबाट हल ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गर्यो । सरकारले ५० प्रतिशत अकुपेन्सीको नियम हटाएको छैन । पछिल्ला दिनमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले पनि यो नियम तत्काल हट्ने संभावना देखिदैन ।

हल खुलेको ३ महिना भैसक्दा पनि दर्शक हलसम्म पुगेका छैनन् । यो विचमा केही नयाँ र केही पुराना नेपाली तथा हिन्दी चलचित्र रिलिज भए । तर, कुनैले पनि दर्शकको साथ पाएनन् । चलचित्र प्रदर्शकहरुले नयाँ हिन्दी चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने आशा थियो । तर, भारतमा दिनमै ६० हजार भन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् ।

यसले, एकपछि अर्को हिन्दी चलचित्रको प्रदर्शन मिति पनि स्थगित भएको छ । यसैले, केही महिना नयाँ हिन्दी चलचित्र हलमा आउने संभावना पनि कम देखिन थालेको छ ।

अर्कोतिर, प्रदर्शन मिति तय गरिएका केही नेपाली चलचित्र पनि पोष्टपोन्ड भएका छन् । यसले, सुनसान रुपमै संचालन भैरहेका हलहरुले यस्तो अवस्था कहिलेसम्म बेहोर्न पर्ने हो, यकिन छैन ।

चलचित्र रिलिज फेरि अन्यौलमा देखिएको छ । निर्माण भैसकेका चलचित्रलाई प्रदर्शन गर्न निर्माताले चासो देखाएका छैनन् । यस्तो अवस्थामा नेपाली चलचित्रले अझै केही समय शुन्यताकै अवस्था भोग्नुपर्ने देखिन्छ ।

Related News

चलचित्र ‘फ्रेन्च किस’ मा रेखा थापाको इन्ट्री
चलचित्र ‘फ्रेन्च किस’ मा रेखा थापाको इन्ट्री
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन माघ २९, काठमाण्डौं चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री...

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन माघ २८, काठमााण्डौं विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा...

वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन  माघ २८, काठमाण्डौं षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई...

TOP