२०८२ कार्तिक १५
November 1, 2025, Saturday

सुन विलासिता होइन भन्दै देशैभर सुनचाँदी पसल बन्द गरेर आन्दोलित

सुन विलासिता होइन भन्दै देशैभर सुनचाँदी पसल बन्द गरेर आन्दोलित

काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ ।

व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति-नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोगहुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोडदा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरुको छ ।

सरकारले गरेको यस्तो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दि तर्फ अग्रसर बनाउने व्यवसायीहरुको तर्क छ । त्यसकारण जसरी भएपनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने उनिहरुको माग छ ।

Related News

आज पनि घट्यो सुनचाँदीको मूल्य
आज पनि घट्यो सुनचाँदीको मूल्य
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक ११, काठमाण्डौं नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो
अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक ११,काठमाण्डौं चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको...

मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)...

TOP