२०८२ फाल्गुन २५
March 9, 2026, Monday

बैंक खातामा झुक्किएर आएको पैसाले घर-गाडी किनिन्, अहिले पक्राउ परिन्

बैंक खातामा झुक्किएर आएको पैसाले घर-गाडी किनिन्, अहिले पक्राउ परिन्

अमेरिकाको लुजियानाकी ३३ वर्षीया केलिन स्पाडोनी न्यू ओर्ल्यान्डको आपतकालिन सेवामा फोन डिस्प्याचरको काम गर्थिन्। गत फेब्रुअरीमा एक दिन उनको खातामा १२ लाख ५ हजार ६ सय १९ अमेरिकी डलर जम्मा भयो। यो उनको पैसा थिएन, वित्तिय सेवा कम्पनी चार्ल्स श्वाब कोर्पोरेशनले उनको खातामा ८२ डलर जम्मा गर्न खोजेको थियो। झुक्किएर ७ अंकको रकम उनको खातामा पुग्यो। 

केलिनले उक्त रकम कसको हो, किन र कसरी आफ्नो खातामा आयो भन्ने जान्न चाहिनन् बरू तत्कालै आफ्नो अर्को खातामा सारिन्। उनले पैसा आफ्नो खातामा सारिन, त्यही पैसा नयाँ घर र गाडी नै किनिन् । चार्ल्स श्वाब कोर्पोरेशनले बैंकमार्फत् पैसा फिर्ता ल्याउन प्रयास गर्दा उनले त्यसको ७५ प्रतिशत रकम खर्च गरिसकेकी थिइन्। त्यसपछि केलिन सम्पर्कबिहीन नै भइन्। कम्पनीले पठाएको इमेल, फोन, मेसेजको उनले जवाफ नै फर्काइनन्।

गल्तीले उनको खातामा पुगेको रकम फिर्ता गर्न नमानेपछि कम्पनीले उनीविरूद्ध प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा ठगी तथा चोरी गरेको आरोपमा उनलाई अप्रिल ७ मा पक्राउ गरिएको छ। सोही दिन उनलाई ९११ डिस्प्याचरको जागिरबाट पनि निकालिएको छ। पक्राउ परेकी केलिन १ लाख ५० हजार डलर तिरेर छुटेकी छन् तर उनीविरूद्ध संघीय अदालतमा मुद्दा परेको छ। उनलाई २५ हजार डलरभन्दा माथिको रकम बैंकिङ धोकाधडी गरेको, गैरकानुनी रूप एक खाताबाट अर्को खातामा सारेको अभियोगमा मुद्दा हालिएको छ। 

Related News

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
  • २०७८ बैशाख २

कोशीपारी अनलाइन फागुन २३, काठमाण्डौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा...

TOP